मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको मृत्यु

पोडगोरिका । युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा बुधबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मर्नेमा दुई बालबालिका पनि रहेका छन् ।
सरकारी टिभी च्यानल आरटीसीजीले पुलिस अधिकारीहरूलाई उद्धृत प्रशारण गरेको समाचार अनुसार घटना सेन्टिजेमा रहेको एउटा रेस्टुराँमा भएको थियो । अतिथिहरूसँग भनाभन पछि यो घटना भएको बताइएको छ ।
आक्रमणकारीले आफूलाई पनि गोली हानेको पछि पुष्टि भएको थियो । मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री मिलोज्को स्पाजिकले गोलीबारीलाई ‘भयानक दुर्घटना’ भनेका छन् । आक्रमणकारीले आफ्नो परिवारका सदस्यलाई समेत मारेको बताइएको छ । यस क्रममा रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या भएको गृहमन्त्री दानिलो सारानोभिकले बताएका छन् ।
गोलीबारीको घटनामा घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणकारी ४५ वर्षका अलेक्जान्डर मार्टिनोभिक आक्रमण गरेको स्थलबाट भागेको भएपछि प्रहरीहरूले घेरेपछि उनले आफैँलाई गोली हानेका थिए । यस क्रममा उनको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन