अस्ट्रेलियाको टोलीबाट मार्स आउट, यी खेलाडीले गर्नेछन् डेब्यू
सिड्नी । अस्ट्रेलियाले अलराउन्डर मिचेल मार्सलाई सिड्नीमा खेलिने भारतविरुद्धको अन्तिम तथा पाँचौँ टेस्टमा टोलीबाट हटाएको छ । कप्तान प्याट कमिन्सले उनको स्थानमा तास्मानियाका बीउ वेबस्टरले डेब्यू गर्ने जानकारी दिएका हुन् ।
सिड्नी टेस्टको पूर्वसन्ध्यामा कमिन्सले टोलीमा एक मात्र परिवर्तन गरिने स्पष्ट पारे । मिचेल स्टार्कले चौथो टेस्टका क्रममा करङ र ढाडमा केही असहज महसुस गरेको जानकारी गराए पनि आगामी खेलका लागि फिट रहेको उनले बताए ।
यो शृङ्खलामा खराब प्रदर्शन गरेका मार्सको स्थान यसअघि नै सङ्कटमा थियो । उनले चार टेस्टमा १०.४२ को औसतले मात्र ७३ रन बनाउन सकेका थिए । यसमध्ये ४७ रन उनले पर्थ टेस्टको दोस्रो इनिङ्समा जोडेका थिए जब अस्ट्रेलिया हारको संघारमा पुगिसकेको थियो ।
बलिङमा पनि उनले सात इनिङ्समा ३३ ओभर मात्र गरेका थिए । ब्रिस्बेनमा १२ रन खर्चेर २ विकेट लिन बाहेक उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उनले पछिल्ला २८ ओभरमा १ सय २७ खर्चेर १ विकेट मात्र लिन सकेका थिए ।
सेफिल्ड सिल्डका पछिल्ला सिजनहरूमा वेबस्टर उत्कृष्ट फर्ममा रहेका छन् । गत सिजनले उनको प्रतियोगितामा ५८.६२ को औसतले सर्वाधिक ९ सय ३८ रन बनाएका थिए । उनले २९.३० को औसतले ३० विकेट पनि लिन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण