सवारी दुर्घटनामा चार जनाको मृत्यु
बिहीबार, १८ पुस २०८१, ११ : ५४
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ ।
- भोजपुर, षडानन्द गाउँपालिका-१२ याङपाङस्थित सडकमा को.२ त ८७२० नम्बरको ट्याक्टरबाट लडेर अरुण गाउँपालिका-१ मेहेनपुर बस्ने ४८ वर्षीया धन कुमारी राईको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रूपन्देही, मायादेवी गाउँपालिका-५ गोनाहास्थित सडकमा लु.३ च २२०९ नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय नरभदेश्वर दुवेको मृत्यु भएको छ । बुधबार बिहान पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा मधेश प्र.०२-००६ प १५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ पिपराडी टोल बस्ने ३५ वर्षीय सिकिन्द्र यादव र मोटरसाइकलमा सवार ३२ वर्षीय नन्दलाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सकिन्द्रको प्रादेशिक अस्पतालमा र नन्दलालको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण