सबैभन्दा गाह्रो थियो पुष्पा २ को क्लाइमेक्स सिन डबिङ : श्रेयस तलपडे
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा २ ले यतिबेला विश्वभरि नै तहल्का मच्चाइरहेको छ । फिल्मको सफलता पछि फ्यानहरूमा फिल्मप्रतिको ‘पागलपन’ पनि बढेको छ ।
फिल्मले दक्षिण भारतमा मात्रै होइन उत्तरी भारतमा पनि शानदार कमाई गरिरहेको छ । फिल्ममा अल्लु अर्जुनको अभिनय दर्शकलाई निकै मन परिरहेको छ ।
फिल्मको डबिङले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । हिन्दीमा अल्लु अर्जुनको आवाज बलिउड अभिनेता श्रेयस तलपडेले दिएका थिए । श्रेयसको कामलाई सबैले तारिफ गरिरहेका छन् । हालै श्रेयसले एउटा अन्तरवार्ता दिएका थिए । यसमा उनले पुष्पा २ को डबिङको विषयमा पनि कुरा गरेका थिए । फिल्म डबिङ गर्दा कहाँ समस्या आयो भनेर सोधिएको प्रश्नमा उनले पुष्पा १ र २ दुबैमा फरक फरक चुनौतीको सामना गरेको बताए । पहिलो पार्टमा कसैको पनि अपेक्षा थिएन ।
त्यसैले यसको डबिङ गर्दा निकै रमाइलो गरेको उनले बताए । पहिलो भागमा क्लाइमेक्सको सिन डबिङ गर्न सबैभन्दा गाह्रो भएको उनी सुनाउँछन् । एउटा सिनको संवाद डब गर्न पूरै दिन छुट्याइएको थियो । दोस्रो भागको डबिङ गर्दा दर्शकको अपेक्षाका कारण पनि श्रेयसमाथि दबाब बढ्यो । दोस्रो भागमा पुष्पा सिन्डीकेटको प्रमुख बनिसकेका थिए । त्यसैले उनको आवाजलाई ओहोदा सुहाउँदा हुने गरी दरिलो बनाउन श्रेयसले मुखमा पान राखेर बोल्ने कोसिस गरे । तर यसरी पान राखेर बोल्न निकै गाह्रो भयो । त्यसपछि उनले सबै संवाद मुखभित्र कपास राखेर बोले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण