बंगलादेशमा चिन्मय दासलाई झट्का, अदालतले दिएन जमानत
ढाका । हिन्दु पुजारी तथा इस्कानका पूर्व नेता चिन्मय कृष्ण दासलाई अर्को झट्का लागेको छ । बंगलादेशको एक अदालतले बिहीबार उनलाई जमानत दिन अस्वीकार गरेको हो ।
दासलाई देशद्रोहीको मुद्दामा नोभेम्बर २५ मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
उनी यसअघि इन्टरनेशनल सोसाइटी फर कृष्णा चेतना (इस्कोन)सँग आबद्ध थिए । राजद्रोहको मुद्दामा चट्टोग्रामको छैटौँ महानगरीय मजिस्ट्रेट काजी शरीफुल इस्लामले जमानत खारेज गरेपछि नोभेम्बर २६ मा दासलाई लाई जेल पठाइएको थियो । दास बंगलादेश सम्मिलित सनातन जागरण जोत संगठनका प्रवक्ता पनि थिए ।
सरकारले जमानतमा रिहा गर्न विरोध गरेको चट्टोग्राम जिल्ला बार एसोसिएसनका अध्यक्ष नाजिम उद्दिन चौधरीले भनेका छन् । दासविरुद्ध देशद्रोहीको मुद्दा चलिरहेको र यस्तो अवस्थामा जन्मकैदको सजाय हुने पनि उनले बताए । दुवै पक्षको ३० मिनेटको बहस सुनेर चट्टोग्राम महानगरीय सत्र न्यायाधीश सैफुल इस्लामले जमानतको निवेदन खारेज गरेका थिए । चिन्मय दासका वकिल अपूर्वकुमार भट्टाचार्यले भने जमानतका लागि उच्च अदालतमा अपिल गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण