'क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन्'
काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवा प्रवेश र अवकाशको उमेर हद हेरफेर गर्न सुझाव दिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रवेशको उमेर हद हटाउनुपर्ने सुझाव दिएका हुन् ।
‘हरेक जिल्लामा क्याम्पस नहुँदाको समयमा गरेको व्यवस्था अहिले काम रहेको छ । अब हरेक पालिकामा क्याम्पस छ ।शिक्षाको उपलब्धता छ’, उनले भने, ‘त्यसैले उमेर घटाउनु पर्छ । ’
क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन नसक्ने अध्यक्ष रेग्मीको भनाइ छ ।
‘आफ्नो अवसरमा पास हुन नसक्ने भाइहरूको अवसरमा रटेर घोकेर अवसर घटाउने ? यो हुन सक्दैन । त्यो अवसर फ्रेस ग्रयाजुयटहरूको हो’, रेग्मीले भनाइ छ ।
बैठकमा उनले सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्नुपर्ने बताएका छन् ।
रेग्मीको प्रस्तावमा सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्न सकिने छ । त्यस्तै समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ ।
अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । हाल निजामतीको ५८ वर्षमा अवकाश हुने व्यवस्था छ । यसलाई बढाएर ६० वर्ष पुर्याउने आयोग अध्यक्ष रेग्मीको प्रस्ताव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण