'क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन्'

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवा प्रवेश र अवकाशको उमेर हद हेरफेर गर्न सुझाव दिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रवेशको उमेर हद हटाउनुपर्ने सुझाव दिएका हुन् ।
‘हरेक जिल्लामा क्याम्पस नहुँदाको समयमा गरेको व्यवस्था अहिले काम रहेको छ । अब हरेक पालिकामा क्याम्पस छ ।शिक्षाको उपलब्धता छ’, उनले भने, ‘त्यसैले उमेर घटाउनु पर्छ । ’
क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन नसक्ने अध्यक्ष रेग्मीको भनाइ छ ।
‘आफ्नो अवसरमा पास हुन नसक्ने भाइहरूको अवसरमा रटेर घोकेर अवसर घटाउने ? यो हुन सक्दैन । त्यो अवसर फ्रेस ग्रयाजुयटहरूको हो’, रेग्मीले भनाइ छ ।
बैठकमा उनले सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्नुपर्ने बताएका छन् ।
रेग्मीको प्रस्तावमा सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्न सकिने छ । त्यस्तै समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ ।
अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । हाल निजामतीको ५८ वर्षमा अवकाश हुने व्यवस्था छ । यसलाई बढाएर ६० वर्ष पुर्याउने आयोग अध्यक्ष रेग्मीको प्रस्ताव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली
-
अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक