लोक सेवाले किन प्रस्ताव गर्यो सेवा प्रवेशको ३२ वर्षे उमेर हद ?
काठमाडौँ । लोकसेवा आयोगले सेवा प्रवेशका लागि खुलाको हकमा ३२ वर्षे उमेर हद सीमा निर्धारण गर्न प्रस्ताव गरेको छ । यस्तै समावेशी समूहका (महिला र अपांग)को हकमा ३७ वर्ष सीमा प्रस्ताव गरेको छ ।
शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगको तर्फबाट अध्यक्ष माधव प्रसाद रेग्मीले लिखित रूपमा प्रस्ताव पेस गर्दै यस्तो प्रस्तावको आधार र कारणमा विदेशी अभ्यासलाई औँल्याइएको छ । जसअनुसार भुटानमा खुला २१ देखि ३५ वर्ष, पाकिस्तानमा २१ देखि ३० तथा समावेशीमा २ वर्ष थप रहेको उल्लेख छ ।
यस्तै भारतमा २१ देखि ३० वर्ष र सरकारी सेवा प्रवेश गरिसकेकाको हकमा ३५ वर्ष रहेको उल्लेख छ ।
यस्तै बंगलादेशमा सेवा प्रवेशको उमेर हद २१ देखि ३० वर्ष र समावेशीका लागि ३२ वर्ष रहेको उल्लेख छ । यस आधारमा नेपालमा हाल सेवा प्रवेश गर्ने उम्मेदवारको उमेर समूहको अध्ययन गर्दा समेत सेवा प्रवेश उमेर हद घटाउनु उपयुक्त हुने आयोगको धारणा छ ।
यस्तै अनिवार्य अवकाशको उमेर हद समेत ६० वर्ष बनाउँदा उक्त हुने आयोगको निष्कर्ष छ । यसको कारण र आधारमा रूपमा आयोगले २०५९ सालमा नै पहिलो पटक ६० वर्षको उमेर हद कायम हुनुपर्ने भनि परामर्श दिइसकेको उल्लेख गरेको छ । यस्तै भारत, पाकिस्तान र श्रीलंकामा पनि ६० वर्ष रहेको तथा डेनमार्क, नर्वे, अमेरिका, फिनल्याण्ड जस्ता देशमा ६७ वर्षसम्म उमेर हद रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण