मदन भण्डारी गोल्डकप : मदन भण्डारी स्पोर्टस एकेडेमी र सशस्त्र प्रहरीको जीत
बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र सशस्त्र प्रहरीले जीत हात पारेका छन् ।
बुटवलको रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिन मदन भण्डारी आयोजक एकेडेमीले रुकुम पश्चिममाथि सहज जित निकालेको हो । दोस्रो खेलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
एकेडेमी पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा थियो । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ मा पराजित भएको थियो । रुकुम मणिमुकुन्द भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतबार मणीमुकुन्दसँग गर्नेछ । दुवै खेल गुमाएको रुकुम पश्चिमले सोमबार पुलिसको सामना गर्ने छ ।
उता एपीएफले करिब ३ घण्टाको समय खर्चेर गल्कोट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको छ । चिसो र हुस्सुसँगै शीत परेपछि मैदान भएर बिहीबार स्थगित एपिएफ र गल्कोटबिचको खेल शुक्रबार पुनः खेलाइएको थियो । बिहीबार चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रबार पहिलो सेट २५–१५ मा सहजै जितेको एपीएफले संघर्षपूर्ण खेलमा दोस्रो सेट २५–२२ पनि आफ्नो पक्षमा पार्यो । एपीएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए । समूह एमा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ । पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथोले १ लाख रुपैयाँ पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण