ऐतिहासिक पर्सागढीको अतिक्रमित जग्गा फिर्ता हुन्छ : मन्त्री चौरसिया
वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न पहल गर्ने बताएका छन् ।
पर्सागढी २१०औँ विजय महोत्सवको उद्घाटन गर्र्दै मन्त्री चौरसियाले तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी क्षेत्रको विकास र सम्वद्र्धनको लागि आफूले सबै खालको सहयोग गर्न तयार रहेको बताए ।
‘‘हाम्रो पूर्खाको धरोहरको संरक्षण गरेर जोगाउनु सबैको कर्तब्य हो,’’ उनले भने, ‘पर्सागढीलाई ऐतिहासिक पूर्वाधारको साथसाथै सोसँगै जोडिएको स्थानमा पुल निर्माणका लागि पनि आवश्यक सहकार्य भइरहेको छ ।’
पर्सागढी २१० औं विजय महोत्सवको अवसरमा विभिन्न खालका झाँकी प्रर्दशन गरिएको थियो । ऐतिहासिक कला संस्कृति झल्किने विभिन्न गतिविधि श्रीजंग गण पर्साले गरेको थियो ।
मधेश प्रदेशसभा सदस्य श्याम पटेलले तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी क्षेत्रको विकास र प्रवद्र्धनको लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनको लागि आवश्यक पहलकदमी भइरहेको जानकारी दिए ।
पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जंगल क्षेत्र स्थानीय जनताले कब्जा गरेको जग्गा फिर्ता गराएर ऐतिहासिक सम्पदास्थलको रुपमा विकास गर्नुपर्ने बताए ।
पर्सागढी २१०औँ विजय महोत्सवको अवसरमा पर्सागढी नगरपालिका हरपुरदेखि पर्सागढीसम्म कलश यात्रा गरिएको थियो । १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच फौज पर्सागढीमा युद्ध भएको थियो । अंग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए। नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।
साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो संख्यामा स्थानीय हातहतियारसहित युद्धमा निस्किएका थिए । यसरी उनीहरूले गोर्खाली फौजको ठूलो संख्या आएको भान पारी अंग्रेजलाई भगाएको कथन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण