शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न ढाकाको अनुरोधको जवाफ दिएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गत हप्ता विदेश मन्त्रालयले बंगलादेशबाट शेख हसिनालाई सुपुर्दगी गर्न माग गर्दै पत्र आएको पुष्टि गरेको थियो । योभन्दा माथि मेरो भन्नु केही छैन ।’ हिंसात्मक आन्दोलनका कारण बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा आफ्नो पदबाट राजीनामा दिएर देश छाडेर भारत आएकी थिइन् ।
शेख हसिनाको प्रधानमन्त्रीको कार्यकाल १५ वर्षसम्म रह्यो । उनको सरकारलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप पनि लागेको थियो ।
अगस्ट ५ को त्यो घटनाको तीन दिनपछि नोबेल पुरस्कार विजेता प्रोफेसर डा मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ ग्रहण गरेका थिए ।
यसै क्रममा रणधीर जैसवालले बंगलादेशको इस्कोन मन्दिरसँग सम्बद्ध चिन्मय कृष्ण दासलाई रिहा गर्न माग गरेको विषयमा पनि प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘जस्तो कारबाही बंगलादेशमा भइरहेको छ । पक्राउ परेकाहरूमाथि निष्पक्ष कारबाही होस्, यही हाम्रो अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण