उद्योगहरूले समयमा कार्यक्रम र खर्चको विवरण नबुझाए जरिवाना
काठमाडौँ । उद्योग विभागले ठुला तथा मझौला उद्योगसँग आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र कार्यक्रममा गरेको खर्चको विवरण माग गरेको छ ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष समाप्त भएको ६ महिना नाघेकाले तत्काल विभागमा विवरण पेस गर्न आग्रह गरेको हो ।
समयमा पेस नगरे उद्योगको वार्षिक खुद मुनाफाको १.५ प्रतिशत रकम जरिवाना गर्ने विभागले जनाएको छ । साथै एक आर्थिक वर्षभन्दा बढी अवधि बहन नगर्ने उद्योगलाई प्रतिवर्ष वार्षिक मुनाफाको ०.५ प्रतिशतका दरले जरिवाना गरिने सूचनामा उल्लेख छ ।
‘औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५४ बमोजिम मझौला ठुला उद्योग वा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने घरेलु तथा साना उद्योगले वार्षिक रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी वहन गर्ने प्रयोजनार्थ प्रत्येक आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रम र त्यस्तो कार्यक्रममा खर्च गरेको रकमको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र सम्बन्धित उद्योग दर्ता रहेका र हालसम्म विवरण पेस गर्न बाँकी उल्लेखित वर्गभित्र रहेका उद्योगहरूले तोकिएको समयभित्र अनिवार्य रूपमा विवरण पेस गर्नुहुन अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ,‘साथै तोकिएको विवरण पेस नगरेमा औद्योगिक व्यवसाय ऐन २०७८ को दफा ४३ को उपदफा ७ बमोजिम हुने ब्यहोरा सूचित गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण