नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता भएको छ । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न भएको घोषणा गरेका हुन् ।
‘क्रान्तिकारी कम्युनिस्ट शक्तिबिचको यो एकता घोषणा गर्न पाउँदा हामी अत्यन्त हर्षित एवं उत्साहित भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी हस्तक्षेप एवं दलाल पुँजीवादको स्वेच्छाचारिता विरुद्ध श्रमिक जनताले संघर्ष गरिरहेको वस्तुस्थितिमा क्रान्तिकारी शक्तिहरू बिचको एकता, ध्रुवीकरणको जिम्मेवारी बोध गर्दै यो एकतामा सहभागी हुनुभएका पार्टी केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, मजदुर, युवा, विद्यार्थी, महिला, श्रमिक समुदाय, किसान, मोर्चाका सम्पूर्ण कमरेडहरूलाई न्यानो स्वागत गर्दछौँ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण