माओवादी केन्द्रीय समिति बैठकमा करिब २५ लाख खर्च हुने अनुमान
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी पुरा भएको छ । स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा आजदेखि सुरु हुने बैठकको तयारी पुरा भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठक आजदेखि सुरु भएर पुस २४ गते सम्पन्न हुने उपाध्यायले बताए । उनका अनुसार अहिले हल व्यवस्थापनको काम, नेताहरूको सिट प्यलानिङ भइरहेको उपाध्यायले बताए । बैठक सञ्चालनको मोडालिटी र एजेन्डाबारे अहिले स्थायी समिति बैठकमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार ब्याङ्क्वेटको दैनिक हल भाडा एक लाख रहेको छ । खाजा, पानी, स्टेसनरी पार्टीले व्यहोर्नेछ भने अन्य केन्द्रीय सदस्यहरू आफैले व्यहोर्नुपर्ने छ । चार दिनसम्म लगभग लगभग कुल २२/२५ लाख खर्च हुने अनुमान गरिएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै आगामी समाजवादी कार्यदिशा, कार्ययोजना, साङ्गठनिक स्वरूप, कार्यविभाजन लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण