सेतो जर्सीको प्रतियोगितामा आर्मी र मधेश प्रदेशले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाली क्रिकेटको इतिहासमा निकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ ।
आइतबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच वीरगञ्जमा भिडन्त हुनेछ । अर्को खेल पनि आइतबार नै बागमती प्रदेश र मधेश प्रदेशबिच जनकपुरमा खेलिने छ । प्रतिकुल मौसमका कारण पहिलो दिनको दुबै खेलमा निर्धारित समयभन्दा ढिलो टस गरिएको थियो ।
त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा नेपाल पुलिस क्लबले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । बागमती प्रदेशविरुद्धको खेलमा भने मधेश प्रदेशको टोलीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल भने अझै सुरु हुन सकेको छैन ।
प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । जय ट्रफीका खेलहरु ६०–६० ओभरको हुनेछ । पहिला ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा कुनै पनि बेला पाली समाप्तिको घोषणा गर्न पाउँछ ।
फाइनल खेल भने तीन दिवसीय हुनेछ । तीन दिवसीय खेल भने ८०–८० ओभरको हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए ।
लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । वीरगञ्ज र जनकपुरमा आइतबारदेखि सुरु हुने जय ट्रफीमा दुबै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा पर्नेछन् । यो खेलमा रातो बलको प्रयोग गरिने छ ।
नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख रहेका छन् । बागमती प्रदेशको कप्तान भने सन्दीप लामिछाने हुन् । मधेश प्रदेशको टोली हरिशंकर साहको कप्तानीमा रहेको छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन
-
करिब ८६ प्रतिशत निर्माण पूरा हुँदा यस्तो देखियो सिंहदरबारमा निर्माणाधीन संसद् भवन (तस्बिरहरू)
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
-
भाडाको घरमा सीके राउतको दाबी, हत्याउन अनेक प्रपञ्च
-
कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
दिवस नाथको ‘राख मनैमा’