सेतो जर्सीको प्रतियोगितामा आर्मी र मधेश प्रदेशले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाली क्रिकेटको इतिहासमा निकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ ।
आइतबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच वीरगञ्जमा भिडन्त हुनेछ । अर्को खेल पनि आइतबार नै बागमती प्रदेश र मधेश प्रदेशबिच जनकपुरमा खेलिने छ । प्रतिकुल मौसमका कारण पहिलो दिनको दुबै खेलमा निर्धारित समयभन्दा ढिलो टस गरिएको थियो ।
त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा नेपाल पुलिस क्लबले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । बागमती प्रदेशविरुद्धको खेलमा भने मधेश प्रदेशको टोलीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल भने अझै सुरु हुन सकेको छैन ।
प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । जय ट्रफीका खेलहरु ६०–६० ओभरको हुनेछ । पहिला ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा कुनै पनि बेला पाली समाप्तिको घोषणा गर्न पाउँछ ।
फाइनल खेल भने तीन दिवसीय हुनेछ । तीन दिवसीय खेल भने ८०–८० ओभरको हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए ।
लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । वीरगञ्ज र जनकपुरमा आइतबारदेखि सुरु हुने जय ट्रफीमा दुबै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा पर्नेछन् । यो खेलमा रातो बलको प्रयोग गरिने छ ।
नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख रहेका छन् । बागमती प्रदेशको कप्तान भने सन्दीप लामिछाने हुन् । मधेश प्रदेशको टोली हरिशंकर साहको कप्तानीमा रहेको छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण