विश्व बैंकबाट पाकिस्तानले पाउने भयो ४० अर्ब डलर
इस्लामावाद । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकबाट पाकिस्तानले ४० अर्ब डलर पाउने भएको छ । पाकिस्तानको शिक्षा, स्वास्थ्य र जलवायु उत्थानशीलता जस्ता महत्त्वपूर्ण चुनौती सम्बोधन गर्न १० वर्षे रणनीति अन्तर्गत विश्व बैंकले २० अर्ब डलर बराबरको कर्जा पारित गरेको हो ।
सन् २०२५ देखि सन् २०३५ बिचको अवधिमा हुने राजनीतिक अस्थिरताबाट परियोजनामा पर्ने असरबाट जोगाउन दीर्घकालीन विकासमा केन्द्रित हुने यो कदम चालिएको हो ।
बैंकले अन्तर्राष्ट्रिय विकास संगठन (आईडीए)बाट छूटमा १४ अर्ब डलर बराबरको कर्जा दिनेछ । अरू ६ अर्ब डलर भने पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी)मार्फत दिनेछ । तर यी कर्जा पाकिस्तानको वित्तीय प्रदर्शन र कर्जा सूचकांकमा भर पर्ने बताइएको छ ।
अन्य दुई लगानी एजेन्सीमार्फत बैंकले पाकिस्तानमा अर्को २० अर्ब डलर निजी लगानी पनि प्रवाह गर्दैछ । योसँगै पाकिस्तानले विश्व बैंकबाट कूल ४० अर्ब डलर पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण