भारत–चीनबिच भएको सहमति नेपालको हितमा छ : प्रधानमन्त्री ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका–चीन तनावबारे सुक्ष्म ढंगले अध्ययन र विश्लेषण गर्नुपर्ने बताएका छन् ।
आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा राजनाीतिक प्रतिवेदन पेस गर्दै ओलीले अमेरिका–चीनबिचको तनावको प्रभाव नेपालमा कस्तो पर्नेछ भन्ने कुरालाई पनि सुक्ष्म ढङ्गले अध्ययन–विश्लेषण गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय एवं विदेशी उत्पादनमा अतिरिक्त भन्सार लगाउने संरक्षणवादी नीतिको घोषणा, पनामा नहर, क्यानाडाका कतिपय भूभाग र ग्रीनल्याण्डलाई नियन्त्रणमा लिने चेतावनी, दशौँ लाख आप्रवासीहरूलाई अमेरिकाबाट बाहिर निकाल्ने बाचाले विश्व राजनीति र अर्थतन्त्रलाई तरङ्गित गरेको ओलीले उल्लेख गरेका छन् ।
नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै अमेरिका कसरी अगाडि बढ्छ भन्ने कुराको प्रभाव विश्व राजनीतिमा गहिरो गरी पर्ने उल्लेख गर्दै ओलीले संरक्षणवादले नयाँ ढङ्गको व्यापार युद्ध र आपूर्ति शृङ्खलामा अवरोध सिर्जना हुन सक्ने आकलन गरेका छन् ।
झण्डै चार वर्षपछि चीन र भारतबिच सीमाको तनावलाई अन्त्य गर्ने विषयमा संवाद भएको र उनीहरूले ६ बुँदे सहमति सार्वजनिक गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुई छिमेकीहरूबिच सम्बन्ध सामान्यीकरण हुनु नेपालको पनि हितमा रहेको बताएका छन् ।
बङ्गलादेशको राजनीतिमा ठुलो उथलपुथल भएको छ । तर बङ्गलादेशको राजनीतिक भविष्य कस्तो हुन्छ भन्ने स्पष्ट सङ्केत देखा नपरेको उल्लेख गर्दै उनले यस बिचमा हिन्दु लगायत अल्पसङ्ख्यक समुदायमाथि ज्यादतीका घटना भएको र कतिपय अतिवादी समूह सक्रिय देखिएको बताएका छन् ।
बङ्गलादेशका घटनाक्रममा कतिपय भूराजनीतिक चासो पनि अस्वाभाविक रूपमा प्रकट बताउँदै प्रधानमन्त्री ओलीले बङ्गलादेशको समस्या त्यहाँका सार्वभौम जनताले स्वतन्त्र ढङ्गले निर्णय गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले बंगलादेश निर्वाचनमार्फत् लोकतन्त्रको बाटोमा फर्कने आशा लिएको बताएका छन् । उनले श्रीलंकामा राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता कुमारा देशानायक निर्वाचित तथा संसदीय निर्वाचनमा पनि वामपन्थी गठबन्धनले दुई तिहाइ बहुमत हासिल गरेको उल्लेख गर्दै यो सफलताको विशेष महत्त्व रहेको बताएका छन् ।
सिरियामा दशकौँ आधिपत्य जमाएर बसेका राष्ट्रपति असद त्यहाँ चर्केको गृहयुद्धका कारण भागेर रुसको शरणमा जान बाध्य भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तर युद्धोत्तर सिरिया कस्तो हुन्छ, अझै स्पष्ट नरहेको बताएका छन् ।
बदलिँदो भूराजनीति, भूअर्थनीति र शक्ति राष्ट्रहरूका प्रतिस्पर्धाका बिचमा नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने अभिभारा थप जटिल बन्दै गएको उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण