माओवादीले निष्क्रिय केन्द्रीय सदस्यहरूलाई हटाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीमा निष्क्रिय रहेका केन्द्रीय सदस्यहरूलाई हटाउने प्रस्ताव गरेको छ । आइतबारदेखि राजधानीमा सुरु भएको माओवादी केन्द्रीय समिति बैठकमा आफ्नो राजनीति प्रस्ताव पेससहितको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले निष्क्रिय केन्द्रीय सदस्यलाई हटाउँदै नयाँ ल्याउने प्रस्ताव गरेको बैठकमा सहभागी भएका एक नेताले जानकारी दिए ।
‘निष्क्रिय रहेका केन्द्रीय सदस्यको सट्टा नयाँ राख्नुपर्नेबारे सोच्नुपर्ने देखिएको छ’, बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, चण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘यो बैठकबाट सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने गरी कार्यविभाजन गरिन्छ ।’
उनले केही नेताहरूको जिम्मेवारी हेरफेर पनि कार्यविभाजनमार्फत हुने बताए । पहिले जे छ त्यही गर्न सकिने अवस्था नरहेको बताएपनि उनले सबै भने परिवर्तन नहुने धारणा राखेको ती नेताको भनाइ छ । बैठकमा कार्यविभाजनबारे केन्द्रीय सदस्यहरूको सुझावको अपेक्षा गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण