उमेरहदले बिदा भएका विद्यार्थी नेतालाई उचित जिम्मेवारी दिने प्रचण्डको प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी भित्रको विवाद समाधानका लागि पार्टीले जिम्मेवारी लिने प्रस्ताव गरेका छन् । धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा विवाद समाधानमा अपनत्व लिनेगरी प्रस्ताव ल्याएका हुन् ।
‘विद्यार्थी भित्रको समस्या समाधानमा पार्टीले वनरशिप लिनेगरी अध्यक्षले प्रस्ताव ल्याउनुभएको छ । ३२ वर्ष उमेरहद लागेका विद्यार्थी नेताहरूलाई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिने । यसका लागि कार्यदल बनाउने । कार्यदलले उनीहरूको रुचि र क्षमताअनुसार जिम्मेवारी दिने प्रस्ताव ल्याउनुभएको छ’, केन्द्रीय सदस्य हिमाल शर्माले भने ।
यस्तै नेताहरूको कार्य विभाजनबारे प्रचण्डले बैठकमा खाका मात्र प्रस्तुत गरेपनि ठोस रूपमा आएको छैन । यद्यपि नेताहरूको जिम्मेवारीमा केही फेरबदल गर्न सकिने, निष्क्रिय नेतालाई हटाउने भनिएको छ । तर तोकिएर नै कसलाई हटाउने वा कुन जिम्मेवारी दिने भन्ने विषयमा प्रस्ताव नआएको शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण