विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको राष्ट्रिय परिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बैठक बसेको प्राधिकरणका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आइतबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा कार्यकारी समितिको बैठक पनि बसेको थियो । बैठकको निर्णय सार्वजनिक गर्न प्राधिकरणले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।
मध्यान्ह सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा निर्णय सार्वजनिक गरिने ती अधिकृतले जानकारी दिए । कार्यकारी समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले विपद्बाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निमाणलाई तीव्रता दिने बताएका थिए ।
डोटी, बाजुरा, बझाङ र जाजरकोटको भुकम्प तथा बाढीपहिरोको क्षतिको मूल्याङ्कन भएको ठाउँमा पुनर्निमाणको काम अघि बढाउने निर्णय गरिएको मन्त्री लेखकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण