‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी केन्द्रीय समिति बैठकको अनुभूतिबारे रोचक टिप्पणी गरेका छन् । बैठकको भद्रगोल र भिडभाडलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैठकमा किचिएर मरिएला कि भन्ने डरु भएको टिप्पणी गरेका हुन् ।
साथै उनले ब्यानर, मञ्च र बैठक कक्षभित्र कतै पनि अध्यक्ष प्रचण्डको तस्बिर नदेखिएको भन्दै यो रूपान्तरणको सानो उदाहरण हुन सक्ने बताएका छन् ।
‘आजका दुई अनुभूति १ केन्द्रीय समितिको बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’, उनले भनेका छन्, ‘ब्यानर, मञ्च र बैठक कक्षभित्र कतै पनि अध्यक्षको तस्बिर देखिएन । तस्बिर नराख्ने केन्द्रीय कार्यालयको व्यवस्थापन टिमको आफ्नै विवेक र आँट पक्कै होइन, जहाँबाट आएपनि यो रूपान्तरणको सानो उदाहरण हुन सक्छ ।’
आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा सोमबारदेखि सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन नबनाई महिला कामदार बाहिर पठाउन हुँदैन: खतिवडा
-
सुध्रिएको हो सोनू, नेहा र टोनी कक्कड बिचको सम्बन्ध ?
-
अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग
-
निर्णायक शिक्षक आन्दोलन घोषणा गर्न माग, उपसमितिको प्रतिवेदनप्रति आपत्ति
-
बिराज र सुशीलसँग रोमान्स गर्दै दिव्या रायमाझी
-
हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर