अमेरिकामा एक दशकपछिकै भारी हिमपात, हिमआँधीको चेतावनी
सोमबार, २२ पुस २०८१, ०३ : १४

काठमाडौं । एक दशकपछि कै भारी हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावितत भएको छ । लाखौं अमेरिकीहरु एक विशाल हिमआँधीको चपेटामा पर्ने अनुमान समेत गरिएको छ ।
हिमपातका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । सेन्ट लुइस र मिसौरी हुवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमान समेत गरिएको छ ।
केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरी राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । केन्टुकीस्थित मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका दृष्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी