एमाले केन्द्रीय कमिटी बैठक लम्बिने
काठमाडौँ । दुई दिनका लागि तय भएको नेकपा एमालेको आठौँ केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ ।
आइतबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएर छलफल सुरु भएको छ । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि पहिलो दिन २७ जना केन्द्रीय कमिटी सदस्यहरूले धारणा राखेका छन् । बाँकी सदस्यहरूले सोमबारको बैठकमा धारणा राख्नेछन् ।
केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ ।
एमालेमा करिब ३५० जना केन्द्रीय सदस्य छन् । एक जना सदस्यलाई तीन मिनेटका दरले समय छुट्टयाएको छ । यस हिसाबले सबै केन्द्रीय सदस्यले बोल्न खोजेमा बैठक अरू केही दिन लम्बिने देखिएको छ ।
‘प्रतिवेदनमाथि बोल्ने क्रम सकिएपछि केन्द्रीय सदस्यहरूको रायसहितको निष्कर्ष प्रस्तुत गरेर बैठक सकिन्छ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने,‘बैठकको निर्धारित समय दुई दिनको हो । त्योभित्र सकिएन भने एक दिनसम्म लम्बिन सक्छ ।’
पहिलो दिनको बैठकमा नेताहरूमाथि भएको कारबाहीमा पुनर्विचारका लागि दुई जना सदस्यले आफ्नो मत राखेका छन् । झपट रावल र प्रकाश शाहले सचिवालयले गरेको कारबाहीमा पुनर्विचार गर्न बैठकमा आग्रह गरेपनि उनीहरू बोल्नुभन्दा अघि नै सचिवालयको कारबाही निर्णय त्यसअघि नै बैठकले अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण