पार्टीलाई चलायमान बनाउन निर्वाचन विधि आवश्यक छ: शर्मा
सोमबार, २२ पुस २०८१, १३ : ४३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले पार्टीलाई चलायमान बनाउन निर्वाचन विधि आवश्यक रहेको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि टिप्पणी गर्दै शर्माले पार्टीभित्र निर्वाचन विधि अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।
निर्वाचन विधि अवलम्बन गरिए पार्टीलाई चलायमान बनाउन सकिने उनको भनाइ छ । यसैगरी पार्टीको नीति निर्माण तह पदाधिकारीमा युवालाई प्राथमिकता दिनुपर्ने धारणा समेत उनले राखेको एक नेताले जानकारी दिए । राजधानीमा जारी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूको धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला