एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी
सोमबार, २२ पुस २०८१, १५ : ५६
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । सोमबारको ब्रेक टाइमअघि (दिउँसो ३ बजे )सम्म ६२ जनाले आफ्नो धारणा राखेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अव बोल्न बाँकी ५२ जना रहेका छन् ।
केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ ।
बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखिरहेका छन् । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण