५७५ सीसीटीभी फुटेजको विश्लेषण, ४१०० किलोमिटर यात्रापछि प्रहरीले समात्यो चोर
नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको राजगढबाट ४२५ क्वीन्टल मकै चोरी भएको घटनालाई प्रहरीले कडा मेहनतपछि किनारा लगाउन सफलता पाएको छ । २१ डिसेम्बरका दिन राजगढ जिल्लाको खिलचीपुरबाट मकैसहित ट्रक बेपत्ता भएको थियो ।
स्थानीय व्यापारी ओम गुप्ताले हरियाणा राज्यमा मकै पठाउन ट्रान्सपोर्ट बुक गराएका थिए । तर बाटोबाटै मकैसहित ट्रक गायब भएको थियो । मकै निर्धारित ठाउँमा नपुगेपछि व्यापारीले ट्रान्सपोर्टरसँग सम्पर्कको प्रयास गरेका थिए । तर सम्पर्क नभएपछि प्रहरीमा यसबारे जाहेरी दिएको बताइएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा आरोपितहरूले फर्जी कागजात प्रयोग गरेको फेला पारेको थियो । प्रहरीले ६ टिम बनाएर मकै र ट्रकको खोजी अघि बढाएको थियो । यस क्रममा प्रहरीले करिब ४ हजार १०० किलोमिटर यात्रा गर्नुपरेको बताइएको छ । ट्रक पत्ता लगाउनका लागि ५७५ सीसीटीभी फुटेज विश्लेषण गरिएको थियो ।
अन्ततः राजस्थानबाट सात आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हनुमान तेली नाम गरेका व्यक्ति मुख्य आरोपित हुन् । उनका अतिरिक्त महावीर कलाल, कन्हैयालाल गुर्जर, लक्ष्मण गुर्जर, कालुलाल, चेनराम र हरलाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चोरी भएको मकैसमेत बरामद गरेको छ । एसपी आदित्य मिश्राका अनुसार हनुमान तेलीले सन् २०१७ मा असममा लोड भएको ५ ट्रक कोइला बंगाल लगेर बेचेका थिए । हिमाचल प्रदेशमा पनि ट्रान्सपोर्टसम्बन्धी विभिन्न अपराधमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु
-
सीमा विवाद हल गर्न हामीसँग के कस्तो रणनीति हुनुपर्छ ?
-
बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड
-
कांग्रेसका दुई भातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)