५७५ सीसीटीभी फुटेजको विश्लेषण, ४१०० किलोमिटर यात्रापछि प्रहरीले समात्यो चोर
नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको राजगढबाट ४२५ क्वीन्टल मकै चोरी भएको घटनालाई प्रहरीले कडा मेहनतपछि किनारा लगाउन सफलता पाएको छ । २१ डिसेम्बरका दिन राजगढ जिल्लाको खिलचीपुरबाट मकैसहित ट्रक बेपत्ता भएको थियो ।
स्थानीय व्यापारी ओम गुप्ताले हरियाणा राज्यमा मकै पठाउन ट्रान्सपोर्ट बुक गराएका थिए । तर बाटोबाटै मकैसहित ट्रक गायब भएको थियो । मकै निर्धारित ठाउँमा नपुगेपछि व्यापारीले ट्रान्सपोर्टरसँग सम्पर्कको प्रयास गरेका थिए । तर सम्पर्क नभएपछि प्रहरीमा यसबारे जाहेरी दिएको बताइएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा आरोपितहरूले फर्जी कागजात प्रयोग गरेको फेला पारेको थियो । प्रहरीले ६ टिम बनाएर मकै र ट्रकको खोजी अघि बढाएको थियो । यस क्रममा प्रहरीले करिब ४ हजार १०० किलोमिटर यात्रा गर्नुपरेको बताइएको छ । ट्रक पत्ता लगाउनका लागि ५७५ सीसीटीभी फुटेज विश्लेषण गरिएको थियो ।
अन्ततः राजस्थानबाट सात आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हनुमान तेली नाम गरेका व्यक्ति मुख्य आरोपित हुन् । उनका अतिरिक्त महावीर कलाल, कन्हैयालाल गुर्जर, लक्ष्मण गुर्जर, कालुलाल, चेनराम र हरलाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चोरी भएको मकैसमेत बरामद गरेको छ । एसपी आदित्य मिश्राका अनुसार हनुमान तेलीले सन् २०१७ मा असममा लोड भएको ५ ट्रक कोइला बंगाल लगेर बेचेका थिए । हिमाचल प्रदेशमा पनि ट्रान्सपोर्टसम्बन्धी विभिन्न अपराधमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण