न्यूयोर्कले सवारी साधनबाट लिन थाल्यो जाम शुल्क
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सहरमा भिडभाड गरेर सडकमा जाम गरेको शुल्क लिन थालिएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी उक्त शुल्क लागू भएको हो ।
योसँगै तोकिएको स्थानमा छिर्ने कारका चालकहरूले दिनको ९ डलर तिर्नु पर्नेछ । सवारी साधन अनुसार यो शुल्क फरक फरक पर्नेछ ।
यस योजना अन्तर्गत सवारी साधनको निगरानी गर्न चार सय लेनमा १ हजार ४०० भन्दा धेरै क्यामरा राखिएका छन् । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प यस योजनाको विरोध गर्नेहरूमध्ये एक हुन् । भिडभाड गर्न नहुने क्षेत्रमा सेन्ट्रल पार्कको दक्षिण, टाइम स्क्वायर र वाल स्ट्रिट आसपासको वित्तीय क्षेत्र रहेका छन् ।
न्यूयोर्कको जाम निकै खराब हुन्छ । सहरमा जाम कम गर्न अनि सार्वजनिक यातायात सञ्जालका लागि अर्बौँ डलर उठाउन यो योजना सञ्चालन गरिएको हो । न्यूयोर्ककी गभर्नर क्याथी होचुलले दुई वर्ष अघि नै यो शुल्कको घोषणा गरेकी थिइन् । तर केही यात्री र व्यवसायहरूले गुनासो गरेपछि यसको कार्यान्वयनमा ढिलाइ गरेर केही संशोधन गरिएको थियो ।
दिनको भिडभाड बढी हुने समयमा तोकिएको क्षेत्रमा छिर्ने अधिकांश सवारी चालकले दैनिक ९ डलर तिर्नु पर्नेछ । अरू समयमा भने यो शुल्क २ डलर २५ सेन्ट मात्रै हुनेछ । भिडभाडको समयमा म्यानह्याटन छिर्ने साना ट्रक र गैर–यात्रुबाहक बसले १४ डलर ४० सेन्ट तिर्नु पर्नेछ । ठुला ट्रक र पर्यटक बोक्ने बसको शुल्क २१ डलर ६० सेन्टसम्म शुल्क तिर्नु पर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण