२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
काठमाडौँ । २१ दिनको अवधिमा नेपालमा ४ म्याग्निच्युडमाथिका ११ वटा भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पुस २ यता मंगलबारसम्मको अवधिमा ११ वटा भूकम्प रेकर्ड भएको हो ।
केन्द्रका अनुसार मंगलबारमात्रै चीनको तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालका ९ जिल्लामा कडा महसुस भएको थियो भने थप केही जिल्लामा पनि सामान्य महसुस भएको थियो । यद्यपि भूकम्पबाट हालसम्म नेपालमा कुनै मानवीय क्षतिको विवरण आएको छैन ।
यसअघि पुस १९ मा मुगु केन्द्रबिन्दु भएर ४.४, सोही दिन मनाङ केन्द्रबिन्दु भएर ४.१, १८ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८, १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस्तै पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२, ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४, ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२, ४ गते मनाङ केन्द्रबिन्दु भएर ४.७, ३ गते बझाङ केन्द्रबिन्दु भएर ४.१ र २ गते पनि बझाङ नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
नेपाल भूकम्पीय जोखिम भएको उच्च भएको देश हो । पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण