तस्बिरमा हेर्नुहोस् सेतो मच्छिन्द्रनाथको महास्नान

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको महास्नान आज काठमाडौँको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ। शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मच्छिन्द्रनाथलाई बज्राचार्य गुरुबाट स्नान गराइएको हो।
यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ । हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मच्छिन्द्रनाथलाई महास्नान गराइन्छ ।
मच्छिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाइदिने गरिन्छ। नुहाई दिने र पछि रङहरू लगाई सजाउने सम्पूर्ण गतिविधि मन्दिरकै पुजारीले गर्छन्।
मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा मानिन्छ। हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मच्छिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ।
सेतो मच्छिन्द्रनाथलाई यसरी नुहाइदिँदा समस्त मानव जातिमा परिवर्तन र नयाँ ऊर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?