ट्रम्पसँग सम्बन्ध सुधार्न ‘फ्याक्ट चेक’हटाउँदै मेटा
काठमाडौं । फेसबुक तथा इन्स्टाग्रामलाई फ्याक्ट चेकर्सबाट छुटकरा मिलेको छ । मेटाले फेसबुक र इन्स्टाग्राममा स्वतन्त्र तथ्य जाँचकर्ताको उपयोग बन्द गरेर त्यसको साटो एक्स शैलीमा ‘कम्युनिटी नोट्स’राख्ने तयारी गरेको छ ।
जहाँ पोष्टको सटिकतामाथि टिप्पणी गर्ने जिम्मा उपयोगकर्तालाई छोडिएको छ । मंगलबार कम्पनीले एक ब्लग पोष्टसँगै पोष्ट गरेको भिडियोमा प्रमुख कार्यकारी मार्क जुकरबर्गले भनेका छन्, ‘तेस्रो पक्षको मोडरेटर अधिक राजनीतिक रुपमा पक्षपाती थिए । र, यो हाम्रा लागि फिर्तिको समय हो ।’
यो महिनाको अन्तिममा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार सम्हाल्नुअघि उनीसँगको सम्बन्ध सुधारका लागि मेटाले यो कदम चालिएको बताइँदै छ । ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरुले तथ्य जाँच नीतिलाई लिएर मेटाको कडा आलोचना गरेका थिए । जसलाई रिपब्लिकनहरुले दक्षिणपन्थी आवाजको सेन्सरसिपसम्म भन्न भ्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण