साना किसानको १४ प्रतिशत बोनस सेयर पारित
_bGI0YGPCa5.jpg)
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा रु ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी रु एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।
संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आबद्ध छन् । कूल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मिसुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी
-
ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी