हमासलाई ट्रम्पको चेतावनी
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासलाई चेतावनी दिएका छन् । गाजामा इजरायली बन्धकहरूलाई लिएर उनले हमासलाई चेतावनी दिएका हुन् ।
आफूले पदभार सम्हाल्नु अघि इजरायली बन्धकहरूलाई रिहा गरिएन भने मध्य पूर्वमा सबै कुरा बर्बाद हुने आफ्नो पुरानो चेतावनी उनले दोहोर्याएका हुन् । यो हमाससहित कसैको लागि राम्रो नहुने उनको भनाइ छ । ह्वाइट हाउसमा फर्कनु १३ दिन अघि उनको यो चेतावनी आएको हो ।
गाजामा युद्ध विराम वार्तामा निकै प्रगति भइरहेको आफूलाई लागेको अनि धेरै कुरा बोल्न नचाहेको प नि उनले बताए । गाजामा युद्धविराम र हमासको कब्जामा रहेका बन्दीहरूको रिहाइलाई बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति जो बाइडेन र आउँदै गरेका राष्ट्रपति ट्रम्प दुवैले प्राथमिकतामा राखेका छन् । हमासको कब्जामा अझै पनि सय जना जति बन्दी रहेको अनुमान गरिएको छ ।
फ्लोरिडास्थित निवासमा ट्रम्पले सबै बन्दीलाई जनवरी २० मा आफ्नो शपथ ग्रहण अगावै रिहा गर्न भनेका हुन् । ती बन्दीहरू रिहा भएनन् भने मध्यपूर्वमा वितण्डा हुने र यो हमासको लागि मात्रै नभएर कसैका लागि राम्रो हुने छैन भनेर ट्रम्पले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण