बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया उपचारका लागि लण्डनमा
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी प्रमुख खालिदा जिया उपचारका लागि लण्डन गएकी छिन् । बीबीसी बंग्लाका अनुसार उनी मंगलबार राति १० बजे कतारले पठाएको एयर एम्बुलेन्समा लण्डन गएकी हुन् ।
बिएनपीका सह–महासचिव रुहुल कबिर रिजवीले जारी गरेको विज्ञप्तिमा खालिदा जिया साँझ ८ बजे गुलशन हाउसबाट शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेको उल्लेख गरिएको छ । लण्डन पुगेपछि उनलाई सिधै लण्डनको क्लिनिकमा भर्ना गरिने बताइएको छ । डाक्टरको अनुरोधमा उनलाई अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी अस्पतालमा पनि उपचारका लागि लैजान सकिने पनि बताइएको छ ।
खालिदा जिया कलेजो सिरोसिस, मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित छिन् । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि मात्रै खालिदा जिया जेलबाट रिहा भएकी थिइन । उनी भ्रष्टाचारको आरोपमा जेल परेकी थिइन् । उनलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण