शतकपछि मयान यादवको अर्को अर्धशतक
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को बुधबार जारी खेलमा मधेश प्रदेशका प्रभावशाली ब्याट्सम्यान मयान यादवले अर्धशतक बनाएका छन् । मयानले वीरगञ्जमा जारी नेपाल पुलिस क्लबविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । उनले ७९ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् ।
१८ वर्षीय ओपनर ब्याट्सम्यान मयान ५१ रन बनाउँदै क्रिजमा छन् । उनले यसअघि अघिल्लो खेलमा शतक पनि बनाएका थिए । उनी जारी जय ट्रफीमा शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् । मयानले सोमबार सम्पन्न बागमती प्रदेशविरुद्धको खेलमा शतक बनाएका थिए । त्यो खेलमा उनले टोलीका लागि एक सय ६ रनको योगदान गरेका थिए ।
पुलिस क्लबविरुद्धको खेलमा मधेश प्रदेशले टस हार पहिले ब्याटिङको निम्तो पाएको हो । २५.२ ओभरको खेल सकिँदासम्म मधेश प्रदेशले दुई विकेट गुमाएर ९६ रन बनाएको छ । ओपनर ब्याट्सम्यानसमेत रहेका मधेश प्रदेशका कप्तान हरिशंकर साह नौ रन बनाउँदै आउट भएका थिए । उनले १८ बलको सामना गरी दुई चौका पनि हिर्काए ।
यसैगरी, तेस्रो नम्बरमा क्रिज समाल्न आएका निरज यादवले पनि टोलीको खातामा २९ रन थपे । उनले ३४ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण