शुद्ध पेय जलको व्यवस्था गर्न सरकार क्रियाशील छ : मन्त्री यादव
धनगढी । खानेपानी मन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेय जलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज यहाँ भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए ।
आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरूप काम गरिएको मन्त्री यादवले बताए । उनले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताए । पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकामा उनले चिन्ता व्यक्त गरे । चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न जरुरी रहेको उनले बताए ।
त्यस अवसरमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण