आर्मी क्लबका इमरान शेखको अर्धशतक, तृतराजसँग कीर्तिमानी साझेदारी
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को बुधबार जारी खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यान इमरान शेखले अर्धशतक बनाएका छन् । इमरान शेखले जनकपुरमा जारी बागमती प्रदेशविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । उनले ७६ बलको सामना गरी आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् ।
१९ वर्षीय ओपनर ब्याट्सम्यान इमरान शेख ५१ रन बनाउँदै क्रिजमा छन् । जारी जय ट्रफीमा कुनै पनि ब्याट्सम्यानले ५० भन्दा बढी रन बनाएको यो चौथो पटक हो । यसअघि, मधेश प्रदेशका प्रभावशाली ब्याट्सम्यान मयान यादवले एक शतक र एक अर्धशतक बनाएका थिए । मयान जारी जय ट्रफीमा शतक बनाउने पहिलो ब्याट्सम्यान पनि हुन् ।
यसका अतिरिक्त, आर्मी क्लबका सोमपाल कामीले पनि अर्धशतक बनाए छन् । उनले नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक बनाएका थिए । सोमपाल जारी जय ट्रफी अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । बागमती प्रदेशविरुद्धको खेलमा आर्मी क्लबले टस हार पहिले ब्याटिङको निम्तो पाएको हो । २७.३ ओभरको खेल सकिँदासम्म आर्मी क्लबले एक विकेट गुमाएर एक सय २२ रन बनाएको छ ।
इमरान शेख र तृतराज दासले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । २२ वर्षीय तृतराज ४४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ७८ बलमा ६ चौका हिर्काए ।
अर्धशतकतर्फ अगाडि बढिरहेका तृतराजलाई २३।२ ओभरमा बागमती प्रदेशका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने एलबीडब्लूको धरापमा पारेका थिए । विकेटकिपर ब्याट्सम्यान इमरान शेख र तृतराजबिच भएको साझेदारी जारी जय ट्रफीमा कुनै विकेटका लागि सबैभन्दा ठुलो साझेदारी पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण