नेपालगञ्जमा मोमो महोत्सव हुँदै
जानकी । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।
सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए । सिद्धार्थले यसअघि विसं २०८० माघ ११, १२ र १३ गते पहिलो मोमोे महोत्सव आयोजना गरेको थियो ।
पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मोमोे राखिएको भन्दै मोमोको परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको उनले बताए । तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा प्रत्येक दिन फरकफरक कलाकारको सांस्कृतिक प्रस्तुति रहने प्रबन्ध सञ्चालक न्यौपानेले बताए ।
पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेलसहितको टिमले नृत्य प्रस्तुत गर्नेछ भने दोस्रो दिन नेपालगञ्जको ‘लाइभ ब्याण्ड द समय ब्याण्ड’ सँगसँगै मोमो बनाउने र पकाउने प्रतियोगिता हुनेछ । मोमो बनाउने र पकाउने प्रतियोगिताका निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
“नाम दर्ता गर्न सिद्धार्थ कटेज नेपालगञ्जको शोधपुछ शाखामा गएर दर्ता गर्न सकिनेछ”, न्यौपानेले भने । अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मासँगै स्थानीय कलाकारको प्रत्यक्ष दोहोरी, नृत्यसँगै सामुदायिक रूपमा मोमो पकाउने प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सिद्धार्थ होटेल नेपालगञ्जका मुख्य प्रशिक्षक बद्री कोइरालाले भने, “देशैभरि मोमोका विभिन्न परिकारलाई परिचित गराउने उद्देश्यले यो महोत्सव आयोजाना गर्न लागेका हौँ । महोत्सवमार्फत मोमोका विभिन्न प्रकारको पहिचान गराउने लक्ष्य छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण