अदालत
सांसद अरुण चौधरी विरुद्धको मुद्दामा फैसला भएन
दोस्रो पटक सारियो निसु
बुधबार, २४ पुस २०८१, १७ : १४
काठमाडौँ । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी विरुद्धको मुद्दा सर्वोच्चले दोस्रो पटक निसु सारेको छ । प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको इजलासले फैसला तयार नभएको भन्दै निसु सारेको हो।
सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्ने विवाद अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए। उक्त रिटमा बहस सकिएर निसु तोकिएको थियो।
बुधवार सर्वोच्च अदालतले फैसला सुनाउन भनी पेसी तोकिएको थियो। संवैधानिक इजलासमा क्यासिनोका विवाद सम्बन्धी मुद्दामा बहस भएका कारण आज फैसला हुन नपाएको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण