दिदी बहिनी मृत्यु प्रकरण : हत्या आशङ्कामा आमा पक्राउ
सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले आमालाई नियन्त्रणमा लिएको छ । बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपाल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना बुधबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।
उनीहरुको हत्या आशङ्कामा उनीहरुकै आमा अन्दाजी २६ वर्षीया पूर्णिमा रानामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी रमेश क्षेत्रीले रातोपाटीलाई बताए । उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेको र घरमा छोरीहरुसँग पुर्णिमा मात्रै थिइन् ।
स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेको अवस्थामा आमाबाटनै घटना घटेको हुनसक्ने आशङ्कासहित पुर्णिमालाई पक्राउ गरिएको क्षेत्रीले बताए । बुढाबुढीको फोनमा झगडा भएको र त्यही रिसमा पुर्णिमाको हत्या गरेको आशङ्का गरिएको छ ।
‘नियन्त्रणमा लिएका छौँ, घटनाबारे थप कुरा अनुसन्धानबाट नै खुल्ला,’ उनले भने ।
‘बिहानतिर नुवाकोटमा रहेका श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा आफू पनि मर्ने उद्देश्यसहित छोरीलाई मारेको उनले प्रारम्भिक बयान दिएकी छिन्’ उनले भने, ‘यद्यपि थप कुरा अनुसन्धानबाट खुल्ला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण