घुस रकमसहित सहायक लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्य अख्तियारको नियन्त्रणमा
बुधबार, २४ पुस २०८१, २० : १३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेस गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले बुधबार ६५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रकमसहित उनीहरूलाई लेखापालको कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । उनीहरुले विद्यालयको भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश