दुर्गा प्रसाईंको बयान : अग्रवाल र गोल्यानलाई कुनै धम्की दिएको छैन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थक परिचालन गरेर व्यवसायी पवन कुमार गोल्यान र दीपेन्द्र अग्रवाललाई धम्की दिएको आरोप अस्वीकार गरेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई)का अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले सो कुरा अस्वीकार गरेका हुन् । झापामा बस्दै आएका हरिचन्द्र फुयललाई प्रयोग गरेर व्यापारी र राष्ट्र बैंकका अधिकृतहरूलाई धम्क्याएको आरोपबारे उनले भनेका छन्, ‘दीपेन्द्र अग्रवाल र पवन कुमार गोल्यानलाई कुनै किसिमको धम्की दिएको छैन, आपराधिक काम गर्न कसैलाई निर्देशन र रकम दिएको छैन ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धम्की नदिएको र धम्क्याउन कसैलाई निर्देशन नदिएको उनले जिकिर गरेका छन् । प्रसाईंले हरिचन्द्र फुयललाई प्रयोग गरेर भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाम लिएर धम्की दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, प्रसाईंले हरिचन्द्र फुयलसँग आफ्नो कुनै कुराकानी नभएको बयान दिएका छन् ।
व्यापारी र राष्ट्र बैंकका गभर्नरलाई धम्क्याए बापत फुयललाई रकम दिएको कुरा पनि प्रसाईंले अस्वीकार गरेका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते