दुर्गा प्रसाईंको बयान : अग्रवाल र गोल्यानलाई कुनै धम्की दिएको छैन
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थक परिचालन गरेर व्यवसायी पवन कुमार गोल्यान र दीपेन्द्र अग्रवाललाई धम्की दिएको आरोप अस्वीकार गरेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई)का अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले सो कुरा अस्वीकार गरेका हुन् । झापामा बस्दै आएका हरिचन्द्र फुयललाई प्रयोग गरेर व्यापारी र राष्ट्र बैंकका अधिकृतहरूलाई धम्क्याएको आरोपबारे उनले भनेका छन्, ‘दीपेन्द्र अग्रवाल र पवन कुमार गोल्यानलाई कुनै किसिमको धम्की दिएको छैन, आपराधिक काम गर्न कसैलाई निर्देशन र रकम दिएको छैन ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धम्की नदिएको र धम्क्याउन कसैलाई निर्देशन नदिएको उनले जिकिर गरेका छन् । प्रसाईंले हरिचन्द्र फुयललाई प्रयोग गरेर भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाम लिएर धम्की दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, प्रसाईंले हरिचन्द्र फुयलसँग आफ्नो कुनै कुराकानी नभएको बयान दिएका छन् ।
व्यापारी र राष्ट्र बैंकका गभर्नरलाई धम्क्याए बापत फुयललाई रकम दिएको कुरा पनि प्रसाईंले अस्वीकार गरेका छन् ।
_SPOR90S4KH.png)
_3pdiUeMxv5.png)
_fN33l23Szj.png)
_HHidNB4WRg.png)
_AT3ybIWMAw.png)
_7mScoQ9d0K.png)
_RKmVoMy8Ga.png)
_R4LAbybC3c.png)
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण