मण्डलामा अब ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने
काठमाडौँ । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकका निर्देशक अनिल सुब्बा हुन् ।
पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बु)हरुको पवित्र स्थल रहेको र केवलकार स्थापना गरिदा मुक्कुम्लुङ र लिम्बुहरुको सम्बन्ध विस्थापन हुने र त्यहाँको प्रकृतिको दोहन हुने भएकाले सरोकारवालाहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै मुक्कुम्लुङको महत्त्व बुझाउन नाटक निर्माण गरिएको हो ।
नाटक, नाटक मात्रै नभई पहिचानको एउटा सशक्त आन्दोलन समेत भएको निर्देशक सुब्बा बताउँछन् ।
एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रङ्गमञ्चको निर्माण तथा प्रस्तुति रहेको नाटक अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानले संयुक्त लेखेका हुन् । परिकल्पना समेत निर्देशक सुब्बाकै रहेको नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावति, शोभा लिम्बु, सौजन सेनेहाङ, मणि के.राई, भूमिका थारु, पवन कुमार गोले, अजय लामा, डेविड सुवेदी, संजीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीण मगर, अन्जना राई, नुमा राई, अमर बाबु बुढाथोकी, आकाश सुहाङ लिम्बु र इशा सिंजालीको अभिनय रहनेछ ।
नाटकमा मणि के. राईको कोरियोग्राफि, प्रवृत्ति राई, युकेश राई र आशिष माझीको गायन र वाद्यवादनको काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण