भारतीय सांसद पप्पु यादव नेपाल आउँदै
काठमाडौँ । भारतका लरेन्स विष्णोई गिरोहबाट धम्की पाइरहेका भारत बिहार पूर्णियाका लोकसभा सांसद पप्पु यादव नेपाल भ्रमणमा आउने भएका छन् ।
निजी भ्रमणमा आउने भनिए पनि नेपाल भ्रमणको उद्देश्य खुलाइएको छैन । माघ २ गते नेपाल आउन लागेका उनी ३ गते भारत फर्किने बताइएको छ । उनी नेपाल भ्रमण आएको मौकामा नेपाल यादव युवा संघले माघ ३ गते नेपाल–भारतः यादव समाजको अवस्था विषयक छलफल तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सन् १९९१ देखि पटक पटक बिहारबाट चुनाव लडेका पप्पु यादव ६ पटक सांसद भइसकेका छन् । त्यसमध्ये उनी चार पटक स्वतन्त्र जितेका थिए ।
आफ्नो अभिव्यक्तिले सधैँ चर्चामा रहने उनी लरेन्स विष्णोइको बारेमा दिएको अभिव्यक्तिका कारण विवादमा मात्र तानिएका छैनन् उनलाई सोही गिरोहबाट ज्यान मार्ने धम्की समेत आइरहेको छ ।
उनले केन्द्रीय सरकारबाट सुरक्षाको माग समेत गरेका छन् । भारत बिहारका मधेसपुर जिल्लाको खुर्दा करवेलीका उनी जन अधिकार पार्टी (लोकतान्त्रिक)का अध्यक्ष पनि हुन् । उनले अहिले सो पार्टीलाई काँग्रेसमा विलय गराइसकेका छन् ।
सन् २०१५ मा लालु यादवको पार्टी राष्ट्रिय जनता दलबाट अलग भएर जन अधिकार पार्टी गठन गरेका थिए । तर नौ वर्षमा एक पटक पनि सो पार्टी चुनाव जित्न सकेन । सन् २०१८ मा उनले भारतकै सर्वश्रेष्ठको सांसदको उपाधि ‘फेम इन्डिया श्रेष्ठ सांसद सम्मान २०१८’ समेत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण