सरकारले मुस्लिम समुदायको सशक्तीकरणलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । मुस्लिम आयोगले आज दाङको लमहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले ‘मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध विषयक सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम’ को उद्घाटन गर्दै सो समुदायको सशक्तीकरण र जागरणका लागि चलाइने हरेक अभियानलाई प्रदेश सरकारले साथ दिने बताए ।
प्रदेश सरकारले उच्च शिक्षामा सो समुदायका किशोरीहरूलाई पूर्ण छात्रवृत्ति दिइरहेको बताउँदै मुस्लिम समुदायका किशोरीहरूलाई शिक्षामा ल्याउन सबैले जोड दिनुपर्ने बताए । सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा ७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको समेत उनले बताए ।
लुम्बिनी प्रदेशका तराईका जिल्लामा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या जटिल रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सामाजिक मूल्य मान्यताहरूमा समेत परिवर्तन ल्याउन जरुरी रहेको बताए ।
‘मुस्लिम समुदायमा २० वर्ष नपुग्दै छोरीहरूको विवाह गर्ने प्रवृत्ति छ । यसलाई रोक्न जरुरी रहेको उनको भनाई छ । मुस्लिम आयोगका अध्यक्ष मियाँले मुस्लिम समुदायको सहभागिता र सशिक्तकरणका लागि तीन तहकै सरकारले विशेष कार्यक्रम प्याकेज निर्माण गरेर लागू गर्न आवश्यक रहेको बताए ।
शिक्षा, स्वास्थ्य, तथा रोजगारी सुनिश्चित गर्न सरकारले ध्यान दिनुपर्ने र राज्यले प्रदान गर्ने सबै खाले अवसर सुनिश्चित गर्नुपर्ने माग उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण