दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्
बिहीबार, २५ पुस २०८१, २० : ३७
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी बुझाएका छन् । संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले तोकेको धरौटी प्रसाईंले बुझाएका हुन् ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिने प्रसाईंका सहयोगी हरिचन्द फुयलले धरौटी बुझाउन सकेनन् । अदालतले तोकेको ३ लाख धरोटीमा नबुझाएपछि उनलाई कारागारमा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
प्रसाईं सर्वोच्च अदालतको आदेश अनुसार सीआईबीमा तारेखमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण