लोसपाले तयार गर्यो महाधिवेशन निर्वाचन निर्देशिका
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महाधिवेशनका लागि निर्देशिका तयार पारेको छ । सो पार्टीले वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा निर्देशिका तयार पारेको हो । तयार गरिएको निर्देशका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई आज हस्तान्तरण गरिएको छ ।
लोसपाले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ । सो पार्टीले २०८२ वैशाख २६ गते गर्नेगरी महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशनका लागि निर्देशिका तयार भइसकेको छ, अब महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढ्ने उपाध्यक्ष सोनलले बताए ।
वडा तहदेखि माथिल्लो तहसम्मको अधिवेशन कसरी गराउन, चुनाव कसरी गराउने, महाधिवेशन प्रतिनिधि कसरी चयन गर्ने जस्ता कुरा निर्देशिकामा उल्लेख रहेको उनले बताए । निर्देशिकामा तलदेखि माथिसम्म ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ भने अन्य सामाजिक संरचना, जातजाति, समुदायलाई उसको जनसङ्ख्या तथा भूगोलमा उपस्थितिको आधारमा समावेश गराउने व्यवस्था गरिएको उनले बताए ।
सङ्गठनलाई कसरी बलियो तथा समावेशी बनाउने भन्ने विषयलाई निर्देशिकामा समेटिएको बताउँदै उपाध्यक्ष सोनलले पार्टीका हरेक संरचना चुनावी विधिबाट गठन हुने बताए । उनले भने, ‘अधिवेशन तथा महाधिवेशनबाट बन्ने हरेक कार्य समिति चुनावी प्रक्रियाबाट नै चयन हुन्छ । चुनावी प्रक्रियामा गइसकेपछि त्यसमा सहमति भयो भने बेग्लै कुरा तर प्रक्रिया सबै चुनावकै हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण