पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
शुक्रबार, २६ पुस २०८१, १८ : १५
काठमाडौँ । पशुपति धर्मशाला प्रकरणमा काठमाडौँ महानगरपालिकाविरुद्ध उच्च अदालतको अर्को आदेश दिएको छ । उच्च अदालत पाटनले धर्मशालामा रहेका सबै व्यावसायिक क्रियाकलापलाई सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको हो ।
एसीएन ट्राभल्स एण्ड टुर्सले काठमाडौँ महानगरपालिकाविरुद्ध दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश सुनाएको हो । यसअघि सोही अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्याउन अन्तरिम आदेश दिएको थियो ।
महानगरपालिकाले धर्मशालाले चलाएको कारोबारमा अवरोध नगरे पनि भाडामा दिएका अन्य सटरहरू बन्द गराएको थियो । धर्मशालाको परिसरमा भाडामा सञ्चालन गर्दै आएको एक्त ट्राभल कम्पनी यसविरुद्ध अदालत गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण