पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
शुक्रबार, २६ पुस २०८१, १८ : १५

काठमाडौँ । पशुपति धर्मशाला प्रकरणमा काठमाडौँ महानगरपालिकाविरुद्ध उच्च अदालतको अर्को आदेश दिएको छ । उच्च अदालत पाटनले धर्मशालामा रहेका सबै व्यावसायिक क्रियाकलापलाई सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको हो ।
एसीएन ट्राभल्स एण्ड टुर्सले काठमाडौँ महानगरपालिकाविरुद्ध दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश सुनाएको हो । यसअघि सोही अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्याउन अन्तरिम आदेश दिएको थियो ।
महानगरपालिकाले धर्मशालाले चलाएको कारोबारमा अवरोध नगरे पनि भाडामा दिएका अन्य सटरहरू बन्द गराएको थियो । धर्मशालाको परिसरमा भाडामा सञ्चालन गर्दै आएको एक्त ट्राभल कम्पनी यसविरुद्ध अदालत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
-
निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा
-
रास्वपालाई घाँडो हुँदै संसद्को आन्दोलन !
-
ग्राहक सङ्ख्या बढाउन इन्टरनेट कम्पनीको प्रतिस्पर्धा : कसको ग्राहक कति ?
-
संसद् अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : प्रचण्ड