विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस
काठमाडौँ । केन्द्रीय श्रम सल्लाहकार परिषद्ले विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ । परिषद् अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धि, १९४८ र बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
बैठकले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधानहरूलाई व्यवस्थित गर्न (क) व्यवसायजन्य रोगहरूको सूचि, (ख) कार्यस्थलमा उत्सर्ग हुने ताप सम्बन्धी मापदण्ड र (ग) राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयन ल्याउन समेत सिफारिस गरेको छ ।
यस बाहेक, बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यवस्थित बनाई पुनरावलोकनको कार्य अगाडि बढाउने निर्णय समेत गरेको छ । त्यस्तै सामाजिक सुरक्षा दायरा अभिवृद्धि गर्ने लगायतको विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको प्रवक्ता घिमिरेले बताए ।
२०८१ फाल्गुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्न लागिएको श्रम तथा रोजगार सम्मेलनलाई सफलता र पूर्णता दिने विषयमा समेत छलफल भएको थियो । श्रम सम्बन्धी ऐन कानुनमा समसामयिक परिमार्जन गर्न सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण