विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस

काठमाडौँ । केन्द्रीय श्रम सल्लाहकार परिषद्ले विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ । परिषद् अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धि, १९४८ र बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
बैठकले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधानहरूलाई व्यवस्थित गर्न (क) व्यवसायजन्य रोगहरूको सूचि, (ख) कार्यस्थलमा उत्सर्ग हुने ताप सम्बन्धी मापदण्ड र (ग) राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयन ल्याउन समेत सिफारिस गरेको छ ।
यस बाहेक, बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यवस्थित बनाई पुनरावलोकनको कार्य अगाडि बढाउने निर्णय समेत गरेको छ । त्यस्तै सामाजिक सुरक्षा दायरा अभिवृद्धि गर्ने लगायतको विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको प्रवक्ता घिमिरेले बताए ।
२०८१ फाल्गुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्न लागिएको श्रम तथा रोजगार सम्मेलनलाई सफलता र पूर्णता दिने विषयमा समेत छलफल भएको थियो । श्रम सम्बन्धी ऐन कानुनमा समसामयिक परिमार्जन गर्न सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड