गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न
गोरखा । गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभाले आफ्नो प्रशासनीक केन्द्र वडा नम्बर ६ स्थित वनटारमा सार्ने निर्णय गरेको छ । विगत लामो समय देखि प्रशासनिक केन्द्र भुम्लिचोक राख्ने कि वनटारमा राख्ने भन्ने विवाद हुँदै आएको थियो ।
शुक्रबार बसेको गाउँसभाले यस विषयलाई मतदानमा लगेर टुङ्याएसँगै अब गण्डकी गाउँपालिका केन्द्र वनटारमा सार्ने निश्चित भएको छ । गण्डकी गाउँपालिकाको तत्काल कायम सदस्य संख्या ४२ मा प्रशासनिक केन्द्र वनटार सार्ने पक्षमा २८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो यसरी हेर्दा तत्काल कायम सदस्य संख्यामा २८ मत ४२ मतको दुई तिहाइ भएको हुँदा लामो समय थाती रहेको प्रशासनिक केन्द्रको विषय अब टुङ्गिएको गण्डकी गाउँ पालिका अध्यक्ष दीपक तिमल्सिना साकारले रातोपाटीलाई बताए ।
'दलीय स्वार्थको कारण विवादित बन्दै आएको पालिका केन्द्र ढिलै भएपनि आजको बैठकले मतदान मार्फत टुंग्याएको छ । यसले पालिका बासिलाई ठूलो राहत मिलेको मैले महसुस गरेको छु । मेरो चुनावी एजेन्डा मध्य पालिका केन्द्र सबैलाई पायक पर्ने ठाउँमा सार्ने पनि एक थियो जुन आज सम्पन्न भयो' उनले भने ।
त्यस्तै आजको बैठकले पालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको हकमा ६ महिनासम्म निरन्तर महिनाको ४ हजारको दरले रकम वितरण गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण