जय ट्रफी क्रिकेट प्रतियोगिता
बसिर र भीमको अर्धशतकमा आर्मीले जोड्यो २२५ रन
शनिबार, २७ पुस २०८१, १३ : ५४
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा २ सय २५ रन जोडेको छ । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा इनिङ्स समाप्तिको घोषणा गरेको हो ।
आर्मीका लागि बसिर अहमद र भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । अहमदले ९८ बलमा सर्वाधिक ६७ रन जोडे । उनले ७ चौका हिर्काए । भीम सार्कीले ५३ रनको योगदान दिए । उनले ९३ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाए । उनले ८ चौका प्रहार गरे ।
मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए । १६.३ ओभर बलिङ गर्दै उनले ४४ रन खर्चिए । त्यस्तै, प्रदीप पासवानले २ विकेट तथा अभिषेक तिवारी र हरिशंकर साहले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण