ह्वाइट वासबाट जोगियो श्रीलंका
अकल्याण्ड । एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डलाई हराउँदै श्रीलंका ह्वाइट वासबाट जोगिएको छ । शनिबार भएको खेलमा श्रीलंका १४० रनले विजयी बनेको हो ।
२ सय ९१ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड २९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रनमा सीमित बनेको थियो । टोलीका लागि मार्क च्यापम्यानले सर्वाधिक ८१ रनको योगदान दिए । उनले ८१ बलमा १० चौका र १ छक्का प्रहार गरे ।
अन्य ब्याटरले खासै ठुलो योगदान दिए सकेनन् । नाथन स्मिथले १७ रन, माइकल ब्रेसवेलले १३ तथा म्याट हेनरीले १२ रन जोडे । न्युजिल्याण्डलाई सस्तोमा समेट्न असिथा फर्नान्डो, महिष थिकसाना र इसान मलिंगाले ३–३ विकेट हात पारे । जनिथ लियानागेले एक विकेट लिए ।
यसअघि पाथुम निशांंका, कुशल मेन्डिस र लियानागेको अर्धशतकको मद्दतले श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रन जोडेको थियो । निशांकाले ४२ बलमा सर्वाधिक ६६ रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
मेन्डिसले ४८ बलमा ५४ रन बनाए । त्यस्तै, लियानागेले ५२ बलमा ५३ रनको योगदान दिए । कामिन्डु मेन्डिसले पनि ४६ रन जोडे ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले १० ओभर बलिङ गर्दै ५५ रन खर्चेर ४ विकेट लिए । मिचेल स्यान्टनरले २ विकेट तथा नाथन स्मिथ र माइकल ब्रेसवेलले १–१ विकेट हात पारे ।
हारका बावजुद न्युजिल्याण्डले ३ खेलको शृङ्खला २–१ ले जितेको छ । यसअघि टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि २–१ ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण